मेयर हर्क साम्पाङलाई तरहरा भव्य सम्मान

0

“मेयर साम्पाङको श्रम अभियानले मात्र देश समृद्ध बन्न सक्ने हाम्रो बुझाई छ ।”, “यायोक्खाकी अध्यक्ष इन्दिरा यालुङ चाम्लिङ राईले भनिन्, “उहाँलाई सम्मान गर्नु भनेको श्रमको सम्मान गर्नु हो, देश समृद्ध बनाउने अभियानलाई सम्मान गर्नु हो ।”

Kirat Rai Tarahara.jpg1.jp3-min

तरहरा । गोर्खा खबर

किरात राई यायोक्खा इटहरी उपमहानगरपालिका वडा नं. १९ र २०, साबिकको हाँसपोसा गाविस, कार्यसमितिले हालसम्मकै भिन्न कार्यक्रम गर्दै आफ्नो २३ औँ स्थापना दिवस मनाएको छ । यो अवसरमा यायोक्खा वडा कार्य समितिले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई उनले चलाएको श्रम अभियानसँग जोड्दै विशेष कार्यक्रम आयोजना गरेको हो ।

“मेयर साम्पाङको श्रम अभियानले मात्र देश समृद्ध बन्न सक्ने हाम्रो बुझाई छ ।”, “यायोक्खाकी अध्यक्ष इन्दिरा यालुङ चाम्लिङ राईले भनिन्, “उहाँलाई सम्मान गर्नु भनेको श्रमको सम्मान गर्नु हो, देश समृद्ध बनाउने अभियानलाई सम्मान गर्नु हो ।”

“यो सम्मान केवल एक व्यक्तिको लागि नभएर, राष्ट्र निर्माणमा पसिना बगाउने सबै श्रमजीवीहरूको सम्मान” भएको उनको भनाई छ ।

किरात समुदायको परम्परा र संस्कृतिमा श्रमको उच्च स्थान रहेको छ । अध्यक्ष राईले थपिन्, यसलाई समुदायको महत्वपूर्ण पहिचानको रुपमा लिइने गरेको छ। उनी आफैं पनि वडा नं. १९ बाट दोस्रोपटक जननिर्वाचित वडा सदस्य हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका साम्पाङले कविता वाचन गर्दै आफ्नो मन्तव्य सुरु गरे। आफू कम बोल्ने र बढी काम गर्ने मेयर भएको र श्रमका लागि देशैभरबाट सबै उठ्नु पर्ने बताए। श्रमप्रतिको उनको प्रतिबद्धतालाई थप स्पष्ट पार्दै उनले सम्मानभन्दा पनि आफुले श्रम खोज्ने गरेको बताए ।

इटहरी उपमहानगरपालिका वडा नं. २० तरहराका वडा अध्यक्ष मणीराम श्रेष्ठ, वडा सदस्य तनुज गुरुङ, संयुक्त भूपू सैनिक क्लबका अध्यक्ष तथा यायोक्खा वडा समिति सल्लाहकार धन कुमार राई, केके राई लगायत कार्यक्रममा अन्य वक्ताहरुले मेयर साम्पाङ र उनको श्रम अभियानको प्रशंसा गरेका थिए ।

किरात समुदायको आफ्नै विशिष्ट परम्परा, संस्कृति र इतिहास छ । नेपालको सामाजिक र सांस्कृतिक विकासमा यो समुदायले अतुलनीय योगदान पुर्‍याउँदै आएको छ। उनीहरूको मौलिक जीवनशैली, प्रकृतिसँगको गहिरो सम्बन्ध र सामूहिकताको भावनाले नेपालको पहिचानलाई अझै मजबुत बनाएको छ। राज्य निर्माणको इतिहासमा पनि किरात राई समुदायले महत्वपूर्ण भूमिका खेलेको छ। उनीहरूको वीरता, इमानदारी र प्राकृतिक न्यायप्रतिको विश्वासले नेपालको इतिहासमा एक विशेष स्थान बनाएको छ।

तस्वीर सौंजन्य : रेवा राई

Leave a Reply

Your email address will not be published. Required fields are marked *