बस–स्कुटर दुर्घटनामा दुई युवकको मृत्यु
तरहरा, २४ साउन २०८२, शनिबार
तरहरा प्रहरीले दिएको जानकारीअनुसार आज बिहान इटहरी–२० स्थित पानीपिया जंगल नजिक बस र स्कुटर आपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ।
दुर्घटनामा स्कुटरमा सवार झापा बिर्तामोड–५ निवासी सुजन बिक र सुरज बिक गम्भीर घाइते भई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएका थिए। तर, उपचारको क्रममा दुवैको ज्यान गएको प्रहरीले जनाएको छ।
घटनापछि बस चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
