धरान, ५ साउन । गोर्खा खबर
साँस्कृतिक अधिकार संरक्षण समितिको स्थापनासमितिले हरेक वर्ष साउन ५ गतेलाई स्थापना दिवसको रूपमा मनाउने परम्परा अनुसार यस वर्ष पनि विशेष कार्यक्रमको आयोजना गरियो। सो अवसरमा, ‘गोरु चिन्तन’ नामक पुस्तक तथा सो पुस्तकका सम्पादन तथा संकलनकर्ता लेखक एवम् पत्रकार जनकऋषि राईलाई ‘साँस्कृतिक अधिकार पुरस्कार’ प्रदान गरी सम्मान गरिएको छ।
पत्रकार राई नेपाल पत्रकार महासंघ सुनसरीका निवर्तमान अध्यक्ष, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका पूर्व अध्यक्ष तथा सक्रिय अधिकारकर्मी, लेखक एवं सञ्चारकर्मी समेत हुन्।
उनले सम्पादन तथा संकलनमा ल्याएको पुस्तक ‘गोरु चिन्तन’ले प्रथाजनित अधिकार र साँस्कृतिक अधिकारका विषयमा चेतनामूलक बहस चलाउँदै आएको उल्लेख गर्दै समितिले यो वर्षको पुरस्कार प्रदान गरेकोमा राईले फेशबुक मार्फत आभार प्रकट गरेका छन् ।
पुरस्कार ग्रहण गर्दै पत्रकार राईले साँस्कृतिक अधिकार संरक्षणका लागि आगामी दिनमा पनि यस्ता बहस र विमर्शलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

