धरान — राजनीतिशास्त्र विद्यार्थी काउन्सिल, महेन्द्र बहुमुखी क्याम्पस, धरानको आयोजनामा तथा स्ववियु, महेन्द्र क्याम्पसको सहकार्यमा तीन दिने “व्यक्तित्व विकासका लागि उद्घोषण तथा भाषण कला तालिम” भव्य रूपमा सम्पन्न भएको छ। तालिम २०७८ असार २९ गतेदेखि ३१ गतेसम्म निःशुल्क रूपमा सञ्चालन गरिएको हो।
तालिमको अन्तिम दिन हालै निर्वाचित स्ववियु परिवारलाई बधाई तथा शुभकामना व्यक्त गरिनुको साथै आजीवन सदस्यता प्रमाणपत्र वितरण तथा काउन्सिलका संरक्षक प्रकाश राई ‘इसारा’लाई काउन्सिलमा पु¥याएको उल्लेखनीय योगदानका लागि विशेष सम्मानसमेत प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख प्रशिक्षक तथा काउन्सिलका संरक्षक दोर्पधोज कुलुङ राई थिए । त्यसैगरि, अमर राईले उद्घोषण तथा भाषणमा प्रविधिको प्रयोग, योगेश काफ्लेले तथ्य संकलन तथा प्रस्तुतिका तरिका, युवराज अधिकारीले खेलकुद उद्घोषण, स्मारिका राईले टेलिभिजन प्रस्तुति तथा उद्घोषण विषयमा प्रशिक्षण दिएक थिए ।
कार्यक्रममा सहयोग पुर्याउने काउन्सिल संरक्षक प्रकाश राई (इसाराु), उपाध्यक्ष सुदीप माबोङ, सचिव हर्कराज किराती, कोषाध्यक्ष दिपराज राई, कार्यकारी सदस्यहरू सायाचोङ राई र अभिषेक राईलाई राजनितीशास्त्र विद्यार्थी काउन्सिलका अध्यक्ष लुईस जेम्स राईले धन्यवाद व्यक्त गरेका छन् ।
सहकार्यका गर्ने स्ववियु सभापति प्रसान राई एवम् सम्पूर्ण स्ववियु टिम, क्याम्पस प्रशासन, प्रशिक्षार्थी सहभागीहरू तथा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने समेतलाई काउन्सिलले कृतज्ञता प्रकट गरेको छ।
कार्यक्रमको समापनमा अध्यक्ष राईले यो तालिमले विद्यार्थीहरूको उद्घोषण, प्रस्तुतीकरण तथा नेतृत्व क्षमताको विकासमा ठोस योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
