सुधन गुरुङ पुनः गृहमा !

0
Sudhan Gurung

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि लगाइएका सम्पत्ति, सेयर लगानी तथा आर्थिक सम्बन्धसम्बन्धी आरोपहरू सरकारी छानबिनबाट पुष्टि हुन नसकेको, छानबिन समिति स्रोतलाई उद्दत गर्दैं केही नेपाली मिडियाले लेखेको छ ।

छानबिन समितिले बैंकिङ कारोबार, सम्पत्ति, सेयर, ऋण, रेमिट्यान्सलगायतका विवरण अध्ययन गरी गुरुङका सम्पत्तिको स्रोत वैध देखिएको निष्कर्ष निकालेको स्रोतहरूको भनाइ छ ।

विवादमा आएका व्यवसायीहरूसँग प्रत्यक्ष आर्थिक सम्बन्ध देखाउने प्रमाणसमेत फेला नपरेको, स्रोतको भनाई छ ।

विभिन्न सरकारी निकायबाट संकलित कागजात र विवरणको आधारमा तयार गरिएको प्रतिवेदनमा थप छानबिन आवश्यक नरहेको उल्लेख गरिएको बताईएको छ ।

यससँगै लामो समयदेखि उठाइएका आरोपहरू प्रमाणित नभएपछि गुरुङमाथि मिडिया ट्रायल र षड्यन्त्र भएको र सो हुनुमा विकास विरोधी तत्वहरू नियोजित, प्रायोजित र पूर्वाग्रही रूपमा लागेको चर्चा पुनः भएको छ ।

यसैबिच, गुरुङमाथि लागेको आरोप पुष्टि गर्न नसकेपछि ती तत्वहरू तल्लोस्तरमा गिरेर पूर्वाग्रहको पराकाष्ठ नाघेको, विश्लेषण हुन थालेको छ । पुनः गृहमन्त्री हुने सम्भावना देखिएपछि ती तत्वहरूले नकारात्मकता फैंलना विभिन्न मिडिया ल सोसल साईटस् (सामाजिक संजाल) समेतको दुरूपयोग गरिरहेका, स्रोतहरूका भनाई छ ।

उता, अर्को समाचारमा, पूर्वगृहमन्त्री सुधन गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह, बालेनले इच्छाएमा गृहमन्त्रीको जिम्मेवारी दिन सक्ने र त्यो अवस्थामा आफुलाई बधाई दिनभन्दा पनि कम्तिमा दुई महिना काम गर्न दिन आग्रह गरेका छन् ।

“म सामान्य नागरिक हु । म हिजो, आज र भोलि एकैं सुधन गुरुङ हुनेछु ।”, पूर्वगृहमन्त्री गुरुङलं भने, “म हजुरहरूको छोरा, भाई हु, जुनसुकै समय र अवस्थामा पनि म तपाईहरूसॅगैं हुनेछु ।”

Sudhan Gurung
Sudhan Gurung

Leave a Reply

Your email address will not be published. Required fields are marked *