🎭 मकालुखबरको ‘Laughter For Life – The Motivation Session’ पहिलो सिजन भव्य रूपमा सम्पन्न!

0

इटहरी @N.G.lama

। मकालुखबरद्वारा आयोजना गरिएको ‘लाफ्टर फर लाइफ द मोटिभेसन सेसन’ पहिलो सिजन देशभरका विभिन्न सहरमा सफलतापूर्वक सम्पन्न भएको छ ।युवाहरूलाई मनोरञ्जनसँगै सकारात्मक सोच, आत्मविश्वास र सही जीवनदृष्टितर्फ प्रेरित गर्ने उद्देश्यले सुरु गरिएको कार्यक्रम आज शुक्रबार इटहरीमा अन्तिम कार्यक्रम सम्पन्न गर्दै पहिलो सिजनको औपचारिक समापन गरिएको हो ।कार्यक्रमको उद्घाटन जेठ १० गते काठमाडौंको प्रज्ञा भवनमा गरिएको थियो । त्यसपछि पोखरा, बुटवल, चितवन, वीरगन्ज, बिर्तामोड हुँदै इटहरीसम्म देशका विभिन्न सहरमा कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।कार्यक्रम जेठ १० गते काठमाडौं, १५ गते पोखरा, १६ गते बुटवल, १७ गते चितवन, १९ गते वीरगन्ज, २१ गते बिर्तामोड र २२ गते इटहरीमा सम्पन्न भएको हो ।कार्यक्रममा विज्ञापनदाता, सहयोगी संस्था, युवा तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।यस सिजनमा मुख्य प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिङ्क रहेको थियो भने पावर्ड बाई पार्टनरका रूपमा यशोदा फुड्सद्वारा उत्पादित करेन्ट चाउचाउ जोडिएको थियो ।त्यस्तै एसोसिएट पार्टनरका रूपमा नेपाल लाइफ इन्स्योरेन्स रहेको थियो । स्वास्थ्य साझेदारका रूपमा काठमाडौं मेडिकल कलेज सहभागी थियो भने शैक्षिक साझेदारका रूपमा राजधानी मोडल कलेज जोडिएको थियो ।शैक्षिक परामर्शदाता संस्थाका रूपमा राइटपाथ करिअर काउन्सिलिङ रहेको थियो । फोर ह्वीलर पार्टनरका रूपमा एलआरआर मोटर्स अन्तर्गत जिली ईएक्स–५ रहेको थियो ।राइड पार्टनरका रूपमा सेफ राइड, एयरलाइन्स पार्टनरका रूपमा यति एयरलाइन्स रहेको थियो ।त्यस्तै कार्यक्रममा श्रीकेश हेयर आयल, होन्डा, गोल्डेन ओक र ब्लू डायमण्ड लगायतका ब्रान्डहरूले समेत सहकार्य गरेका थिए ।कार्यक्रमको पहिलो सिजन सफलतापूर्वक सम्पन्न भएसँगै आगामी सिजन अझ विस्तृत रूपमा सञ्चालन गर्ने तयारी रहेको जनाइएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *